११ साउन २०८३, सोमबार

छविलाल जोशीको आज पनि रूपन्देहीमा बयान लिइँदै

कात्तिक ६, २०८१
बुटवल
छविलाल जोशीको आज पनि रूपन्देहीमा बयान लिइँदै

बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलनबारे गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको आज (मंगलबार) रूपन्देहीमा बयान लिइँदै छ । पूर्वडीआइजीसमेत रहेका जोशीलाई पोखराबाट हवाई जहाजमार्फत रूपन्देही ल्याएर सोमबार नै बयान शुरू गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले सम्भवतः मंगलबार जोशीको बयान सकेर पोखरा नै पठाइने बताए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।  

प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । 

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएको आरोप छ । संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । 

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ । सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्