२९ असार २०८३, सोमबार

दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख

कात्तिक ६, २०८१
काठमाडौं
दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् । बिहान ११:३० बजे सभामुखको कार्यालयमा छलफल शुरू हुने सचिवालयले जनाएको छ । 

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । 

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।

यस्तै, विभिन्न संसदीय समितिका सभापति पनि छलफलमा सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्