१३ असार २०८३, शनिबार

भेटिएन विस्तारा विमानमा बम

कात्तिक ६, २०८१
काठमाडौं
भेटिएन विस्तारा विमानमा बम

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

मंगलवार अपरान्ह दिल्लीबाट १५७ यात्रुसहित आएको विमानमा बमको हल्लापछि नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीले विमानसँगै यात्रुकाे पनि सर्च गरेको थियो । तर यात्रु, सामान र विमानको खानतलासीसहितको सर्च अपरेसनमा बम र कुनै शंकास्पद वस्तु नभेटिएको हो । 

विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ बजेर २७ मिनेटमा ल्याण्ड भएको थियो । विमानमा बम राखिएको सूचना विमान कम्पनीलाई भारतबाटै आएको सुरक्षा स्रोतले जानकारी दिएका छ । त्यसपछि यात्रु र लगेजको खानतलासी भएको थियो । 

विमानस्थलमा बम डिस्पोजलसहितको टोली पनि पुगेको थियो । 

विस्तारा एयर–१५५ मा चेकजाँचका क्रममा बम र कुनै विष्फोटक पदार्थ नभेटिएको पुष्टिपछि विमानले दिल्लीतर्फ उडान भर्न लागेको छ । 

भारतमा पछिल्लो साता विमानमा बम राखिएकोजस्ता गलत हल्ला र धम्की धेरैपटक फैलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्