
उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ अस्पताल भर्ना भएको उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालले जानकारी दिए ।
उनका अनुसार उपराष्ट्रपति यादवको आज शल्यक्रिया गरिने छ । उनको शल्यक्रिया प्राध्यापक डा. रमेशसिंह भण्डारी र सहप्राध्यापक डा. सुमिता प्रधानले गर्ने छन् ।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित छन् ।