२४ जेठ २०८३, आइतबार

सरकार बनेको तीन महिनापछि लुम्बिनीमा तीन मन्त्री थपिए, मन्त्रिमण्डल अझै अपूर्ण

कात्तिक ८, २०८१
बुटवल
सरकार बनेको तीन महिनापछि लुम्बिनीमा तीन मन्त्री थपिए, मन्त्रिमण्डल अझै अपूर्ण

सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन मन्त्री थपेका छन् । नेपाली कांग्रेसका दुई र अशोक राई नेतृत्वको जसपाका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरण मन्त्री र बाँकेका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाएका छन् ।
 
नवनियुक्त मन्त्रीले बुटवलस्थित प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको कार्यालय बिहीबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । 

प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । तर, अझै मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । 

सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अधुरो रहेको हो । 

लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा भए पनि केन्द्रबाट लोसपालाई बनाउने दबाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको छ । 

लुम्बिनीमा गएको साउन ७ गते आचार्यको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्