युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई पराजित गरेको छ । कप्तान राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले हराएको हो ।
बार्सिलोनाका लागि अर्को गोल रोवर्ट लेवान्डोस्कीले गरे । जर्मन क्लब बायर्नका ह्यारी केनले एक गोल गरे ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । दशौँ मिनेट मिनेटमा बायर्नका ह्यारी केनले गोल गरे पनि भीएआरले मान्यता दिएन । तर १८औं मिनेटमा केनले नै गोल गर्दै खेल बराबरीमा ल्याए ।
३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाले २-१ को अग्रता दिलाए । ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-१ को अग्रता लियो । राफिन्हाले ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ४-१ को अग्रता बनाएको हो ।
च्याम्पियन्स लिगमा बार्सिलोनाको यो दोस्रो जित हो । बार्सिलोना ३ खेलबाट ६ अंकसहित दशौँ स्थानमा छ । दोस्रो हार व्यहोरेको बायर्न ३ अंकसहित २३औं स्थानमा छ ।
लिगकै अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई १-० ले पराजित गरेको छ । अर्को इंग्लिस टोली म्यानचेष्टर सिटीले स्पार्टा प्रागलाई ५-० ले पराजित गरेको छ ।