३१ जेठ २०८३, आइतबार

गोलभेँडाको मूल्य हालसम्मकै उच्च, थोकमै प्रतिकिलो १८० रुपैयाँ

कात्तिक ८, २०८१
काठमाडौं
गोलभेँडाको मूल्य हालसम्मकै उच्च, थोकमै प्रतिकिलो १८० रुपैयाँ

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा तरकारीको मूल्य आकासिएको छ । त्यसमा पनि गोलभेँडाको मूल्य अत्यधिक बढेको छ । 

उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपैयाँ पुगेको छ । मागअनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

खुद्रामा गोभेँडाको मूल्य प्रतिकेजी दुई सयदेखि २५० सम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । यसअघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन ।

अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सयसम्म पुगेको छ । तिहारपछि विस्तारै गोलभेँडाको मूल्य घट्ने अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्