३० जेठ २०८३, शनिबार

साताको अन्तिम कारोबार दिन पनि थामिएन नेप्से, १८ अंकको गिरावट

कात्तिक ८, २०८१
काठमाडौं
साताको अन्तिम कारोबार दिन पनि थामिएन नेप्से, १८ अंकको गिरावट

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबार दिन बुधवार मात्रै नेप्से २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा अडिएको थियो । आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । 

त्यस्तै, कारोबारका अधारमा एनएलजी इन्स्योरेन्स कम्पनी ३४ करोड ३१ लाख २० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहको छ । 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४७.४४ अङ्कले घटेर २६९७.९१ को बिन्दुमा अडिएको थियो । सोमबार परिसूचक ५७.९९ अङ्कले घटेर २६३९.९२ बिन्दुमा कायम भयो ।

मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ को बिन्दुमा अडिँदा बजारमा १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर खरिदबिक्री भयो । कारोबार रकम ४ अर्ब १७ करोड १६ लाख ६५ हजार थियो ।

बुधवार २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा नेप्सेमा बिहीबार पनि गिरावट जारी रह्यो ।
 

salt training

कमेन्ट गर्नुहोस्