२३ असार २०८३, मंगलबार

नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्दैछ, सशक्त प्रतिवाद गरौँ– विप्लव

कात्तिक ८, २०८१
बुटवल
नेपाली राजनीतिमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्दैछ, सशक्त प्रतिवाद गरौँ– विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली राजनीतिलाई अस्थिरतातर्फ धकेल्न अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गर्न जरुरी रहेको बताएका छन् । 

नेकपा दाङले बुधवार देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो अवसरमा महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्ने खतरा बढेको उल्लेख गरे ।  

संसदीय दलहरू असफल र बदनाम हुँदै जाँदा जनतामा निराशा बढेको बताउँदै विप्लवले यसको समाधान समाजवादी व्यवस्थाबाट मात्रै सम्भव हुने दाबी गरे ।

विप्लवले राज्य संयन्त्रको नेतृत्व नै भ्रष्टाचारको केन्द्र रहेको आरोप लगाए । राज्य संयन्त्रको भुमिकामा रहेकाहरू दिनप्रतिदिन  भ्रष्टाचार र अनियमिततामा संलग्न हुँदै गएकोसमेत उनको भनाइ छ ।

साथै विप्लवले लोकतान्त्रिक गणतन्त्रले केही उपलब्धि दिएपनि त्यसलाई संस्थागत गर्न संसदीय दलहरू असफल भएको बताए । बरु उल्टो प्राप्त उपलब्धि उल्टाउने प्रयास गरिएको उनले दाबी गरे ।

विप्लवले क्रान्तिकारी र समाजवादी आन्दोलनले मात्रै राष्ट्रिय समस्या समाधान गर्ने बताउँदै अस्थिर र अस्थायी रङ्गमञ्चले मुलुकले निकास नपाउनेमा विश्वस्त हुन अपिलसमेत गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्