०८ साउन २०८३, शुक्रबार

गगन र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता

कात्तिक ८, २०८१
काठमाडौं
गगन र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच दिल्लीमा भेटवार्ता भएको छ । उनीहरूबीच बिहीवार भेटवार्ता भएको हो । 

महामन्त्री थापा केही दिनअघि भारत भ्रमणमा गएका थिए । त्यहाँ राजनीतिक भेटवार्ताका क्रममा उनी र चौथाइवालेबीच भेट भएको हो । 

सामाजिक सञ्जाल एक्समा चौथाइवालेले एक पोस्ट गर्दै लेखेका छन्, ’नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सौहार्दपूर्ण भेट भयो । हामीले आपसी चासोका विभिन्न विषयमा छलफल गर्यौं ।’

नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा सहभागी हुन थापा मंगलवार साँझ दिल्ली प्रस्थान गरेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्