
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद बैठक शुरू भएको छ ।
बिहीवार साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक शुरू भएको हो ।
यसअघि सोमवार हुने नियमित बैठक भने अन्तिम समयमा स्थगित गरिएको थियो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश आउने चर्चाबीच त्यतिबेला बैठक स्थगित गरिएको थियो ।