
सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो।
अख्तियारको हेटौडा कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट बिल भुक्तानीका लागि रु. ७८ हजार घुस लिइसकेको अवस्थामा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. ४ को कार्यालयतर्फ जाने क्रममा नियन्त्रणमा लिएको हो ।
साहले सेवाग्राहीसँग बिल भुक्तानी गरिदिने प्रयोजनका लागि घुस माग गरिरहेको जानकारीका आधारमा आयोगले निगरानी बढाएको थियो । टोलीले घुस रकमसहित उनलाई पक्राउ गरेपछि अहिले थप अनुसन्धान भइरहेको छ ।
घटना सम्बन्धमा अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जारी गरेको विज्ञप्तिमा अनुसन्धान अघि बढाइएको उल्लेख गरिएको छ ।