२८ जेठ २०८३, बिहीबार

सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः ज्ञवाली

कात्तिक ८, २०८१
झापा
सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्ण काम एक सय दिनमै जनपेक्षाअनुसार पूरा गरेको बताएका छन् । 

नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी गरे । 

वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उनले व्यवस्थाकैविरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेस मिलेर सरकार बनाएको धारणा राखे । 

नेता ज्ञवालीले सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए । 

उनले कार्यकर्तालाई पार्टी र सरकारबारेमा धारणा बनाउँदा बुझेर मात्र बनाउन सुझाव समेत दिए । 

salt training

कमेन्ट गर्नुहोस्