२४ जेठ २०८३, आइतबार

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

कात्तिक ९, २०८१
सुनसरी
चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको छ । 

उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्