०९ साउन २०८३, शनिबार

भक्तपुर नगरपालिकाले पाँचदिने महोत्सव आयोजना गर्ने

कात्तिक ९, २०८१
भक्तपुर
भक्तपुर नगरपालिकाले पाँचदिने महोत्सव आयोजना गर्ने

भक्तपुर नगरपालिकाले आउँदो मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ को आयोजना गर्ने भएको छ । हिजो नगरपालिकाले आयोजना गरेको भक्तपुर महोत्सव मूल समितिको छलफलमा समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सवको तयारी शुरू भइसकेको बताए । 

कार्यक्रममा नगरप्रमुख प्रजापतिले भक्तपुर महोत्सव नगरपालिकाको मात्र नभई सिङ्गो भक्तपुरका जनताको महोत्सव भएको बताए । प्रमुख प्रजापतिले भने, 'भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर २८ देखि पुस २ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव आयाजना गर्दैछौँ, भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगत्मा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गर्न लागेका हौँ ।'

उनले महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीलाई सहयोग हुने अपेक्षा गरिएको बताए । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीलगायतले भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नुपर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्