२३ असार २०८३, मंगलबार

पोखराबाट काठमाडौं सर्‍यो रास्वपाको प्रदर्शन [तस्वीरहरू]

कात्तिक ९, २०८१
काठमाडौं
पोखराबाट काठमाडौं सर्‍यो रास्वपाको प्रदर्शन [तस्वीरहरू]

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । रास्वपाले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

लामिछानेलाई २ कात्तिकमा पक्राउ गरेर पोखरा लगिएपछि केही दिन रास्वपाले पोखरामै विरोध प्रदर्शन गरेको थियो ।

तर पोखरामा सिंगो केन्द्रीय समिति र संसदीय दलसहितको नेता र कार्यकर्ता उतार्दा पनि रास्वपाको विरोध प्रदर्शन प्रभावकारी बन्न सकेन ।

यसैले शुक्रबारबाट रास्वपाले काठमाडौं केन्द्रित विरोध प्रदर्शन गरेको हो । 

रविलाई सहकारी प्रकरणमा बिहीबार कास्की जिल्ला अदालतले दोस्रोपटक ७ दिनको म्याद थपेको थियो । 

कास्कीको सूर्यदर्शन सहकारीमा सर्वसाधारणको बचत रकम गोरखा मिडियामा ल्याएर भएको अपचलनमा संलग्न रहेको भन्दै रविमाथि संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेको थियो । यसपछि उनी पक्राउ परेका हुन् । 

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्