०३ असार २०८३, बुधबार

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

कात्तिक ९, २०८१
रौतहट
चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

चाँदीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।​

बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइ छिपाइ चाँदाी ल्याउँदै गरेको अवस्थामा प्रहरीले साहलाई शुक्रबार मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।​

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्