०८ असार २०८३, सोमबार

सूर्यदर्शन सहकारी ठगीको आरोपमा थप १ जना पक्राउ​​

कात्तिक ९, २०८१
काठमाडौं
सूर्यदर्शन सहकारी ठगीको आरोपमा थप १ जना पक्राउ​​

सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका- ८, बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल ​छन् ।

उनलाई शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ । 

पक्राउ परेका खनाल नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको सञ्चालक एवं शेयरधनी हुन् ।

कृष्णप्रसाद जैसीसहितको जाहेरीमा रवि लामिछाने प्रतिवादी रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी कसुरको अनुसन्धानमा उनलाई पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्