३० जेठ २०८३, शनिबार

सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकका बाढी पीडितलाई राहत वितरण

कात्तिक ९, २०८१
काठमाडौं
सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकका बाढी पीडितलाई राहत वितरण

सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले काभ्रेपलाञ्चोकका बाढी पीडितलाई राहत वितरण गरेको छ ।​

पाँचखाल नगरपालिकाका बाढी प्रभावितहरूलाई आधारभूत आवश्यकताका सामग्री राहत वितरण गरिएको हो ।​​

सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोविन्द उपाध्याय, रजत श्रेष्ठ, विमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो । 

उनीहरूलाई डस्ना, सिरानी, झुल, जग, बाल्टिन, गिलास र थाल वितरण गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट सञ्जय तामाङ, अच्युत उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।​​​

salt training

कमेन्ट गर्नुहोस्