
काठमाडौंको सामाखुसी घर भएका ३० वर्षीय रोशन थापा मुग्लिनबाट बेपत्ता भएका छन् ।
यही कार्तिक ७ गते मुग्लिनस्थित मामाघरबाट बेपत्ता भएका उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।
कात्तिक ७ गते बिहान ६ बजेदेखि नै सम्पर्कमा नआएपछि रोशनको परिवारले खोजीका लागि स्थानीय प्रहरीलाई आग्रह गरेका छन् ।
बेपत्ता रोशनको खोजी कार्य जारी रहेकाले भेट्नुहुने नागरिकले बुवा रेशम थापाको सम्पर्क नम्बर ९८ ४१८१९१४१ र आमा रमा बुढाथोकीको फोन नम्बर ९८४३८१४४४७ वा प्रहरीको नम्बर १०० मा सम्पर्क गरिदिनसमेत आग्रह गरिएको छ।