२३ असार २०८३, मंगलबार

सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छ– प्रधानमन्त्री ओली

कात्तिक १०, २०८१
काठमाडौं
सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर विगतमा पनि परिवर्तनका लागि लडेको र अहिले पनि लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताएका हुन् । 

शनिबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा ओलीले कांग्रेस र एमालेले लोकतन्त्रमा असाधारण योगदान गरेको बताए । 

’एमाले र कांग्रेस मिलेर परिवर्तनका लागि असाधारण योगदान गरेका छन् । दुवै ठूला पार्टी लोकतन्त्रप्रति प्रतिबद्ध छौं । यी दुवै पार्टीले लोकतन्त्र मर्न दिँदैनन्,’ उनले भने । 

कोप–२९ सम्मेलनको पूर्वसन्ध्यामा वन तथा वातावरण मन्त्रालयले शनिवार राष्ट्रिय जलवायु सम्मेलन आयोजना गरेको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्