२९ असार २०८३, सोमबार

राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह

कात्तिक १०, २०८१
काठमाडौं
राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

गणेशमान सिंह प्रतिष्ठानद्वारा आज ललितपुरमा आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उनले यस्तो बताएका हुन् ।

खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नुका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । 

उनले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिए ।

प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्