११ साउन २०८३, सोमबार

प्रचण्डको प्रतिबद्धता– अब एक्लै चुनाव लडेर विगतका गल्ती सच्याउन चाहन्छौं

कात्तिक १०, २०८१
काठमाडौं
प्रचण्डको प्रतिबद्धता– अब एक्लै चुनाव लडेर विगतका गल्ती सच्याउन चाहन्छौं

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लडेर विगतमा गरिएका गल्ती सच्याउने प्रतिबद्धता जनाएका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिवार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस, एमालेजस्ता ‘बेइमान दल’सँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको स्पष्ट पारेका हुन् ।

माओवादी घटकहरूको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बताए । माओवादीकै नेतृत्वमा ‘ग्रीन रेभ्युलेसन’ हुने दाबी गर्दै उनले भने, ‘जब माओवादी जनतातर्फ फर्कने छ, जनताले माओवादीलाई विगतको गल्तीको माफी दिँदै साथ दिनेछन् ।’ 

उनले थपे, ‘अब आफूहरूले बन्दुक बाँड्नु छैन, जनता छोराछोरीलाई उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु छ ।’ उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवालाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने उनले बताए । आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनको भनाइ थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्