१२ असार २०८३, शुक्रबार

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

कात्तिक १०, २०८१
सिन्धुली
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
फाइल तस्वीर

सिन्धुलीमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।​ 

दूधौली नगरपालिका- ७ कटहरेका राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा गएराति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका- ८ बस्ने २७ वर्षीय हिमाल बराललगायत ८ जना छन् ।

इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई ४३ हजार १ सय ७० रुपैयाँ, १६ थान कौडा र २ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्