
संखुवासभाको चिचिला गाउँपालिका- ४ मत्क्षपोखरीका ४५ वर्षीय भीमबहादुर गुरुङको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीया दुर्गामाया गुरुङ छिन् । उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुर्गामायाले धारिलो हतियार खुकुरी प्रहार गर्दा भीमबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिला र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।