२१ जेठ २०८३, बिहीबार

बारामा एक पुरुषको हत्या

कात्तिक ११, २०८१
बारा
बारामा एक पुरुषको हत्या
प्रतीकात्मक तस्वीर ।

बारामा अज्ञात समूहले एक जनाको हत्या गरेको छ । 

महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिवार हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । बटुवाले देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए । 

गम्भीर घाइते यादवलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल भर्ना गरेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।

यादवको हत्याबारे केही खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  -रासस  
 

salt training

कमेन्ट गर्नुहोस्