२२ जेठ २०८३, शुक्रबार

पनौतीमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

कात्तिक ११, २०८१
काठमाडौं
पनौतीमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट शनिवार राति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार ३१५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

पक्राउ परेकालाई इप्रका बनेपामा राखी आइतवार म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रहरीले यसअघि बुधवार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई ९५ हजार रुपैयाँ नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्