१५ असार २०८३, सोमबार

तिहारको सँघारमा ​गुन्डुका किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ [तस्वीरहरू]

कात्तिक ११, २०८१
काठमाडौं
तिहारको सँघारमा ​गुन्डुका किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ [तस्वीरहरू]

तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ ।

बिहान शीत परेको मखमली फूल टिप्न किसानहरू फूलबारीमा व्यस्त रहने गरेका छन् । मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् ।​​​​

अधिकांशका बारीमा ढकमक्क मखमली फुलेका छन् । कतिपयले सयपत्री फूलको खेती गरेका छन् ।​​

मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ ।

केही वर्षदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि नेपाल मखमली, गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ ।​​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्