
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले घटेको छ ।
आइतबार नेप्से परिसूचक ९.१९ अङ्कले घटेर २६१७.९५ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १८.२५ अङ्कले घटेर २६२७.१४ को विन्दु अडिएको थियो ।
बिहीबार १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो ।
सामान्य अङ्कले घटेको बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारका आधारमा आइसीएफसी फाइनान्स लिमिटेड ३२ करोड ६४ लाख ८५ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।