
साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनावको अवस्था उत्पन्न भएको छ । खेलको ७१ औं मिनेटमा भारतले गोल गरेको र लगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावको अवस्था सिर्जना भएको हो ।
रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । त्यसपछि तनावको अवस्था आएको हो ।