
सन्दुक बचत तथा ऋण सहकारीकी अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीको निक्षेप अपचलन गरेको आरोपमा काठमाडौंको बौद्धस्थित उक्त सहकारीकी अध्यक्ष भीमकुमारी तामाङ प्रहरीले पक्राउ गरेको हो ।
३६ वर्षीया तामाङलाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।