२९ असार २०८३, सोमबार

कोशी, बागमती र  गण्डकीका केही ठाउँमा भाइटीकासम्मै वर्षा र हिमपातको सम्भावना

कात्तिक १६, २०८१
काठमाडौं
कोशी, बागमती र  गण्डकीका केही ठाउँमा भाइटीकासम्मै वर्षा र हिमपातको सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि (शनिबार) बिहान कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी पर्सि अर्थात् आइतबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा बाँकी  प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शनिबार यमपञ्चकको अन्तिम दिन भाइटीका पनि हो । 

देशभर पश्चिमी वायुको तथा पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्