रुसको एक अदालतले युट्युबमा गुगलमाथि धेरै ठूलो रकम जरिवाना तोकेको छ । रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा लगाइएको जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ ।
बीबीसीका अनुसार रुसको अदालतले २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिवानाको फैसला गरेको हो ।
अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ ।
यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समयसीमा दिएको छ । यदि ९ महिनाभित्र पनि तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने अदालतले जनाएको छ ।
गुगलले रुसका केही सञ्चार माध्यमहरुमाथि प्रतिबन्ध लगाएको थियो । ती सञ्चार माध्मयको सूचीमा रुसका सरकारी सञ्चार माध्यम पनि थिए ।