२८ जेठ २०८३, बिहीबार

यू–१९ क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जीत

कात्तिक १६, २०८१
काठमाडौं
यू–१९ क्रिकेट : सुदूरपश्चिमको लगातार तेस्रो जीत

नरेश श्रेष्ठ स्मृति वाईवाई यू–१९ पुरुष एकदिवसीय  राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जीत निकालेको छ ।

पहिलो खेलमा कर्णाली प्रदेशलाई,  दोस्रो खेलमा गण्डकी प्रदेशलाई र आज भएको तेस्रो खेलमा मधेश प्रदेशलाई ११ रनले पराजित गर्दै तेस्रो जित निकालेको हो ।​​

सुदूरपश्चिमले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको मधेश ४३.४ ओभरमा १०८ रनमा अलआउट भयो ।

मधेशका मयन यादवले सर्वाधिक ४७ रन जोडे । सुदूरपश्चिमका नरेन साउदले ४, कप्तान हेमन्त धामी र सचिन भट्टले २/२ विकेट हात पारे । 

यसअघि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ४२ ओभरमा ११९ रनमा समेटियो । जसमा नरेन भट्टले अविजित ४४ र युवराज खत्रीले २५ रनको योगदान गरे ।

मधेशका अफ्रदिन रैनले ४ र रन्जित कुमारले ३ विकेट झारे । जितसँगै सुदूरपश्चिम ४ खेलबाट ६ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । मधेश भने चौथो स्थानमा छ ।

यही कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल खेल्नेछन् 

salt training

कमेन्ट गर्नुहोस्