१२ असार २०८३, शुक्रबार

जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ

कात्तिक १६, २०८१
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ
फाइल तस्वीर

मोरङ र डडेल्धुराबाट ​जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका छन् ।​ 

विराटनगर महानगरपालिका- १७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका- १६ बस्ने ३५ वर्षीय हरेराम चौधरीसहित १७ जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई ६० हजार रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिका- ३ गोयलखेतका ३२ वर्षीय दीपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दीपकसहित २८ जना पक्राउ परेका छन् ।

उनीहरूलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्