
क्यानडाको टोरन्टोस्थित ब्राम्पटन क्षेत्रमा रहेको एक हिन्दू मन्दिरको परिसरमा हमला भएको छ ।
आइतबार भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा केही मानिसहरूले मन्दिर परिसरमा प्रवेश गरेर कुटपिट गरिरहेको देखिन्छ ।
आक्रमण खलिस्तानी चरमपन्थीहरूले गरेको हुन सक्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिन्दु मन्दिरमा भएको आक्रमणको निन्दा गरेका छन् ।
'ब्राम्पटनको हिन्दू सभा मन्दिरमा भएको हिंसा अस्वीकार्य छ। प्रत्येक क्यानाडालीलाई स्वतन्त्र र सुरक्षित रूपमा आफ्नो धर्म अभ्यास गर्ने अधिकार छ,' उनले ट्वीटरमा लेखेका छन् ।