०१ साउन २०८३, शुक्रबार
वायु प्रदूषण

दिल्लीमा वायुको गुणस्तर ‘अत्यधिक खराब’, काठमाडौंको अवस्था के छ ?

कात्तिक १९, २०८१
काठमाडौं
दिल्लीमा वायुको गुणस्तर ‘अत्यधिक खराब’, काठमाडौंको अवस्था के छ ?

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि एक पटक 'गम्भीर श्रेणी'मा पुगेको छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहान ६ बजे दिल्लीका अधिकांश क्षेत्रमा वायु प्रदूषणको स्तर 'गम्भीर' वा 'अत्यधिक खराब' श्रेणीमा रेकर्ड गरिएको हो । 

सोमबार बिहान दिल्लीको आनन्द बिहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित थियो । दिल्लीमा वायुको गुणस्तर सूचकांक ४५० भन्दा माथि छ । जुन 'अति खराब' को श्रेणीमा पर्छ।

प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार दिल्लीको वायुमा प्रदूषणको प्रमुख कारण पीएम २.० कणहरू हुन् । पीएम २.० धेरै सानो र धुलोको सूक्ष्म कण हो । 

सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा पाकिस्तानको लाहौर दोस्रोमा छ । धेरै वायु प्रदूषण हुने शहरको सूचीमा भारतकै कोलकत्ता तेस्रोमा छ । भियतनामको हानवोइ चौथो स्थानमा छ । 

नेपालको राजधानी काठमाडौं भने १८ औं स्थानमा छ । काठमाडौंको वायुको गुणस्तर सूचकांक १२२ छ । 

वायु प्रदूषणको मापन ‘एअर क्वालिटी इन्डेक्स’ (एक्युआई) शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्युआई ५० देखि एक सयसम्मलाई औसत र त्यसभन्दा माथिको स्तरले अस्वस्थकर वातावरणलाई जनाउँछ । 


 

salt training

कमेन्ट गर्नुहोस्