०३ असार २०८३, बुधबार

एमाले काठमाडौंद्वारा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस

कात्तिक २१, २०८१
काठमाडौं
एमाले काठमाडौंद्वारा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस

नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ । 

एमाले काठमाडौं जिल्ला कमिटीको आज बसेको बैठकले नगर कमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस गरेको हो ।

जिल्ला अध्यक्ष दीपक निरौलाले उपनिर्वाचनमा काठमाडौं जिल्लाका चार पदका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए ।​

नगर कमिटीबाट सिफारिस भएका उम्मेदवारको नामलाई प्रदेश कमिटीमा पठाउने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, कीर्तिपुर वडा नम्बर १ अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी तथा काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरिएको हो ।

कीर्तिपुर नगरपालिकाका दुवै वटा वडाको उम्मेदवार बनाउने निर्णय जिल्ला कमिटीलाई अधिकार रहेकाले निर्णय नै गरेको अध्यक्ष निरौलाले बताए ।

अध्यक्ष निरौलाले कीर्तिपुर नगरपालिकाको प्रमुख र महानगरको वडा अध्यक्षको निर्णय प्रदेश कमिटीले गर्ने भएकाले जिल्ला कमिटीले सिफारिस गरिएको बताए ।

अब एमाले बागमती प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट आएका सिफारिसको आधारमा निर्णय गर्नेछ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि उक्त पद खाली थियो ।

देशभरि आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्