२५ जेठ २०८३, सोमबार

कीर्तिपुरमा एमालेले सार्वजनिक गर्‍यो उपनिर्वाचनका उम्मेदवार

कात्तिक २२, २०८१
काठमाडौं
कीर्तिपुरमा एमालेले सार्वजनिक गर्‍यो उपनिर्वाचनका उम्मेदवार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख र दुई वडाध्यक्षका उम्मेदवार सार्वजनिक गरेको छ । 

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा हर्षमान महर्जन र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । बिहीबार कीर्तिपुरमा भएको घोषणा सभामा औपचारिक रूपमा उनीहरूको नाम सार्वजनिक गरिएको हो । 

घोषणा सभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्