०७ साउन २०८३, बिहीबार

आधा किलो सुनसहित नागढुंगाबाट एक जना पक्राउ

कात्तिक २२, २०८१
काठमाडौं
आधा किलो सुनसहित नागढुंगाबाट एक जना पक्राउ

आधा किलो सुनसहित काठमाडौंको नागढुंगाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय एलिस ढकाल छन् । 

उनलाई आज बिहान नागढुंगाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुबाहक बसको अन्तिम सिटमा सवार ढकाललाई जाँच गर्ने क्रममा आधा किलो सुनसहित पक्राउ गरेको हो । 

यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्