२६ असार २०८३, शुक्रबार

बौद्धमार्गी विद्वानलाई लुम्बिनी भ्रमण गर्न उपाध्यक्ष लामाको आग्रह

कात्तिक २२, २०८१
काठमाडौं
बौद्धमार्गी विद्वानलाई लुम्बिनी भ्रमण गर्न उपाध्यक्ष लामाको आग्रह

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरेका छन् ।

भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘एसियन बुद्धिस्ट समिट– २०२४’ लाई सम्बोधन गर्दै डा. लामाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वका सबै बौद्धमार्गी विद्वानहरूको स्वागत गर्न लुम्बिनी विकास कोष आतुर रहेको बताएका हुन् ।

उनले विश्वमा शान्तिको सन्देश फैलाउन शान्तिका अग्रदूत गौतम बुद्धका सन्देशहरू अहिले झन् सान्दर्भिक रहेकाले एसियन बुद्धिस्ट समिट र यस्तै कार्यक्रमहरूको आयोजना थप आवश्यक रहेको पनि चर्चा गरे ।

उनले बुद्धका शान्ति र सहिष्णुता एवं सत्यसम्बन्धी सन्देशहरू संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज अनुसन्धान आवश्यक रहेकामा पनि जोड दिए । 

यस्ता सम्मेलन एवं छलफल कार्यक्रमहरूले विश्वमा बौद्ध दर्शन र सिद्धान्तहरूको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पनि कोषाध्यक्ष लामाले व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्