१९ असार २०८३, शुक्रबार

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने

कात्तिक २३, २०८१
काठमाडौं
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध भइरहेको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । १०० किलोवाट क्षमताको आयोनिक ५ ईभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ ।

सन् २०२२ फेब्रुअरीमा आयोनिक ५  नेपाल आएको थियो ।
आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर र विश्व कार डिजाइन अफ दि इयरजस्ता सम्मानित पुरस्कारहरू प्राप्त गरेको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मानिन्छ ।

आयोनिक ५ ईभीको मोटर पावर फरक भए पनि ईभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै  हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार करिब एक महिनाभित्रै नेपाली बजारमा उपलब्ध हुने १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै शोरुममा बुक गर्न सक्ने छन् ।

प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक-५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो । हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो । 

आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभी हो । यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सर्पोट गर्छ । उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्ने कम्पनीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्