११ साउन २०८३, सोमबार
जेल जाँदै मनाङे

मोबाइल अफ गरेर बसेका दीपक मनाङेले भने– फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु

कात्तिक २३, २०८१
काठमाडौं
मोबाइल अफ गरेर बसेका दीपक मनाङेले भने– फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु

गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् ।

मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका हुन् ।  

सर्वोच्च अदालतले कात्तिक २० गते व्यक्ति हत्या प्रयासको आरोपमा ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो । त्यसपछि उनी फोन स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।

‘(फैसला)पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ विज्ञप्तिमा उनले  लेखेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामबाट तारान्तार आइहेका कलका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको स्वीकार गरेका छन् ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

दुई ग्याङस्टरबीचको झगडामा चक्रेमिलनमाथि तरबार प्रहार गरेको अभियोगमा मुद्दा चलेको २० वर्षपछि मंगलबार सर्वोच्चले अन्तिम फैसला सुनाएको थियो । तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत)ले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको ५ वर्ष कैद सजायलाई सर्वोच्चले सदर गरेको हो । 

मनाङ १ (२) बाट स्वतन्त्रमा दुईपटक निर्वाचित सांसद मनाङे गण्डकी प्रदेश सरकारको पहिलो कार्यकालमा ३ र दोस्रो कार्यकालमा ४ पटक गरी ७ पटक मन्त्रीसमेत भएका थिए । 

 

salt training

कमेन्ट गर्नुहोस्