
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुवै जनाको नाम सर्वसम्मतीले अनुमोदन गरेको समितिका जेष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।
सभापति ईश्वरीदेवी न्यौपाने विदेशमा रहेकोले राणाले समितिको अध्यक्षता गरेका थिए ।
न्याय परिषद्ले निरौला र पाण्डेलाई सर्वोच्चको न्यायाधीशका लागि असोज ११ गते सिफारिश गरेको थियो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि अब उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।