१० साउन २०८३, आइतबार

एमाले बागमतीले टुङ्ग्यायो उपनिर्वाचनका उम्मेदवारको नाम

कात्तिक २३, २०८१
काठमाडौं
एमाले बागमतीले टुङ्ग्यायो उपनिर्वाचनका उम्मेदवारको नाम

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ ।

आज बसेको प्रदेश कमिटीको सचिवालय बैठकले बागमती प्रदेशका रिक्त पदका उम्मेदवार टुङ्गो लगाएको एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जानकारी दिए । 

उनले जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिए । 

उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर, काठमाडौं महानगरपालिका–१६ को वडा अध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौंडा उपमहानगरपािलका–१२ को वडा अध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  

एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगर कमिटी पहिलो उम्मेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ । 

यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ ।

आगामी मङ्सिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्