
टर्कीका सुरक्षा बलहरूले वर्षभरि मानव बेचबिखन सङ्गठनहरू विरुद्ध छ हजार ३३९ अभियानहरू सञ्चालन गरेको छ । उक्त अभियानको क्रममा तीन हजार ९२४ जना तस्करहरूलाई पक्राउ गरेको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बताए ।
येर्लिकायाले विगत दुई हप्तामा देशव्यापी ४१ प्रान्तहरूमा सञ्चालन गरिएको ‘शिल्ड–२८’ अपरेसनमा मात्रै २५७ मानव तस्करहरू पक्राउ परेको बताए।
टर्कीले युरोप, एसिया र मध्य पूर्व बीचको अद्वितीय भौगोलिक स्थानका कारण अवैध आप्रवासन व्यवस्थापनमा प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ ।
युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूका लागि टर्की महत्त्वपूर्ण ट्रान्जिट मार्ग मानिन्छ ।