
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले समृद्ध मधेस निर्माणका लागि शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताएका छन् ।
राजविराजमा आज पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन गुणस्तरीय शिक्षण सिकाइ र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री सिंहले अबको शिक्षा स्वदेशमै रोजगार र समृद्धि हासिल गर्ने खालको हुनुपर्ने भन्दै सोही उद्देश्यअनुसार प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको बताए ।