३० असार २०८३, मंगलबार

‘रुरु पिताम्बरी’का दुई नयाँ उत्पादन बजारमा

कात्तिक २४, २०८१
काठमाडौं
‘रुरु पिताम्बरी’का दुई नयाँ उत्पादन बजारमा

धातुका भाँडा सरसफाई गर्ने सामग्री उत्पाद गर्दै आएको ‘रुरु पिताम्बरी’को मातृ कम्पनी ‘पीथ्री पडक्ट’ले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रमबीच कम्पनीले स्थापनाको १५ औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना दुई नयाँ उत्पादन सार्वजनिक गरेको छ ।  कम्पनीले किचेन क्लिनरको रूपमा ‘रुरु इज लिक्विड’ र धातुका भाँडा सरसफाइकै लागि प्लास्टिकको बट्टामा उपलब्ध हुने ‘रुरु रत्न’ सार्वजनिक गरेको हो । 

यसअघि कम्पनीले पाउचमा ‘रुरु पिताम्बरी’ उत्पादन गर्दै आइरहेको थियो । ‘रुरु रत्न’ रुरु पिताम्बरीकै अपग्रेडेट रूप भएको कम्पनीले जनाएको छ । 

विदेश निर्यात गर्ने उद्देश्यले प्लास्टिकको बट्टामा यसको उत्पादन थालिएको कम्पनीकी अध्यक्ष उर्मिला पाण्डेले बताइन् । 

वार्षिकोत्सवको अवसरमा कम्पनीले १० सप्लायर्सलाई २५ तोला सुनसमेत वितरण गरेको थियो । कम्पनीले सबैभन्दा धेरै उत्पादन बिक्री गर्ने १० सप्लायर्सलाई सुन वितरण गरेको हो । 

ओमकार स्टोरकी लिला पाण्डेले सबैभन्दा धेरै उत्पादन बिक्री गरेर १३ तोला सुन पाइन् । केएनपी सप्लायर्स र गरिमा इन्टरप्राइजेजले दुई-दुई तोला सुन उपहार पाए ।

त्यसैगरी धनाक्ष स्टोर, तीन भाइ सप्लायर्स र वाई एण्ड बी डिजरजेन्ट प्रालिले साढे १ तोला सुन पाउँदा टण्डन इन्टरप्राइजेज, नुवाकोट स्टोर, धातु सप्लायर्स र ४. सुरज अधिकारीले समान एक-एक तोला सुन उपहार पाएका छन् ।

null

त्यसअघि पी थ्री पडक्टकी अध्यक्ष पाण्डेले कम्पनी स्थापनाको अवस्थादेखि १५ वर्षसम्मको अनुभव सुनाएकी थिइन् । 

यसैगरी कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सप्लायर्सलाई प्रोत्साहित गर्न नयाँ योजनासमेत ल्याएको छ । ५ सय प्याकेट सामान बेच्नेलाई ६० हजार, एक हजार प्याकेटसम्मको लागि एक लाख ३० हजार, १५ सय सम्मका लागि दुई लाख रुपैयाँको पुरस्कार दिइने कम्पनीले जनाएको छ । 

त्यसैगरी दुई हजार प्याकेटसम्म दुई लाख ९० हजार, तीन हजार प्याकेटसम्म चार लाख ९० हजार, चार हजार प्याकेटसम्म ६ लाख ५० हजार, पाँच हजार प्याकेटसम्म नौ लाख रुपैयाँ पुरस्कार दिइने छ।

यसका अलावा वार्षिक छ हजार प्याकेटसम्म १० लाख ८० हजार, सात हजार प्याकेटसम्म १२ लाख ६० हजार, आठ हजार प्याकेटसम्म १४ लाख ५० हजार, नौ हजार प्याकेटसम्म १६ लाख ३० हजार र १० हजार प्याकेटभन्द माथि २० लाख रुपैयाँको पुरस्कारको व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्