
प्रहरीले रूकुम पूर्वमा पाँच थान भरुवा बन्दुक बरामद गरेको छ।
रूकुम पूर्वको भुमे गाउँपालिका-४ चोत्रागैरास्थित जंगलमा लुकाइएका भरूवा बन्दुक प्रहरीले शनिबार बिहान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले जंगलमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको छ।