मुगु २३ कार्तिक – मंसीर १० मा हुने प्रतिननिधी सभा र प्रदेश सभा चुनावकोलागी मुगुका राजनैतिक दलका नेताहरु यतीवेला चुनावी प्रचारमा गाउँ गाउँ दौडीरहेका छन् ।
चुनाव आउन केहीदिन बाँकीरहदा नेताहरु भोट माग्न जनताका घर घर धाइरहेका छन । आफ्नो पक्षमा चुनावी परिणाम कसरी ल्याउने भनेर दलहरु यतिवेला बिभिन्न ठाउँमा चुनावी आमसभा तथा प्रचार प्रसार तिब्र बनाइरहेका छन् ।
बिभिन्न बाजाघाजा सहीत नारा जुलुसका साथ कार्तिक २१ गते नेपाली कांग्रेसले छायाँनाथ राराँ नगरपालिकाको रोबा गाउँमा आमसभा तथा घरदैलो कार्यक्रम संचालन गरेको थियो ।
करीव १२, १५ दीन लगाएर मुगम कार्मारोङ्ग गाउँपालीकाको सम्पूर्ण वडाहरुमा चुनाव प्रचार तथा घरदैलो कार्यक्रम सकायर आयऔँ । समय छोटो छ । अब सोरु गाउँपालीका तिर जाने कार्यक्रम रहेको छ । भुपु शिक्षा राज्य मन्त्री तथा नेपाली कांगे्रसका प्रतिनिधी सभा तर्फका उम्मेद्वार हस्त बहादुर मल्लले बताए ।
कार्तिक १८ गते संयुक्त बाम गठवन्धनले छायाँनाथ रारा नगरपालीकाको नेटा भन्ने ठाउँमा चुनावी आमसभाको कार्यक्रम संचालन गरेको थियो ।
मुगम कार्मारोङ्ग गाउपालिकाको घरदैलो कार्यक्रम सकायर फर्केको छायाानाथ राराँ नगरपालीकाको घरदैलो पछि सोरु गाउँपालिका तर्फ प्रचारमा जाने कार्यक्रम रहेको संयुक्त गठवन्दन तर्फका प्रतिनिधी सभाका उम्मेद्वार गोपाल बहादुर बमले बताए ।
दलहरु फरक फरक टोलीमा विभाजीत भएर जिल्लाका बिभिन्न भेगहरु करान, गम, सोरु र खत्याडका गाउँ वस्तीहरुमा तिर्ब प्रचार प्रसारमा जुटेका छन ।
कांग्रेस,एमाले लगायत अन्य साना दलहरु पनि चुनावी प्रचार तथा घर दैलोमा आफ्नो पक्षमा भोटमाग्न जुटेका छन ।
चुनाव नजिकीदै गर्दा दुरदराजका जनमानसमा पनि चुनावि उत्साह बढ्न थालेको छ । साथै अवको चुनावमा राम्रो मान्छेलाई भोट हालेर जिताउने सर्वसाधारण सुनाउछन् ।